नेभिगेसन मेनु

नेपालमा खिचिएको बलिउड फिल्म 'उचाई'को 'हाँ कर दे' गीत सार्वजनिक (भिडिओ)
सम्पादक:南亚网络电视
समय:2022-11-04 11:42

बिहीबार 'हाँ कर दे' बोलको गीत सार्वजनिक गरिएको हो। अमित त्रिवेदीको स्वर तथा संगीत रहेको गीतमा इर्साद कमिलको शब्द छ।

गीतको भिडिओमा अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानीलगायत कलाकारलाई देख्न सकिन्छ। सगरमाथाको उचाइबाट फर्किएपछिको परिवेशलाई समेटिएको छ।

यो फिल्मको ६० प्रतिशत छायांकन नेपालमा गरिएको हो। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन्। नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बईमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्। 

राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन्।

मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन, अनुपम, परिणितीसँगै डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्। 

मनोजकुमार खतोइले छायांकन गरेको फिल्मलाई श्वेता वेंकट म्याथ्यूले सम्पादन गरेका हुन्।

यो फिल्म आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर