नेभिगेसन मेनु

लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको कथा बोल्ने 'ओभरलुक्ड फेसेज अफ नेपाल' पुस्तक लोकार्पण
सम्पादक:南亚网络电视
समय:2022-11-03 12:30

 
चिकित्सकहरू परिधि शर्मा र अर्पणा पाठककृत पुस्तक आइतबार काठमाडौंको नेपाल प्रज्ञा-प्रतिष्ठान परिसरस्थित सिद्धिचरण हलमा लोकार्पण गरिएको हो।

समारोहमा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, वाग्मती प्रदेशका कला, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता सुरजचन्द्र लामिछाने, नीलहिरा समाज (ब्लु डायमन्ड सोसाइटी) की निर्देशक पिंकी गुरुङ, मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसी, पुस्तकका सल्लाहकारहरू माल्भिका सुब्बा र लेक्स लिम्बुले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे। उनीहरूलाई सर्जकहरू शर्मा र  पाठकले साथ दिएका थिए। 

कार्यक्रममा पुस्तकका सर्जक डा.परिधि शर्माले यस पुस्तकको अवधारणा कसरी बन्यो भन्नेबारे आफ्नो अनुभव साझा गरिन्। 

'लकडाउनको समयमा डर, त्रास र दुःखबीच चित्र मेरो साथी बन्यो। चित्रहरूले मलाई यी आवेगसँग जुझ्न सिकायो र मेरो ‘कोपिङ मेकानिज्म’ नै मेरा चित्र बने। मसँगै मेरी सहपाठी अर्पणाले पनि त्यस्तै गर्थिन्,' उनले भनिन्।

लेखिँदै आएका पुस्तकभन्दा फरक विषय र चित्र कोरिएको कागजको मुठा बोकेर प्रकाशनका निम्ति विभिन्न संस्था धाउनु पर्दाको चुनौती भएकाे अर्की सर्जक अर्पणा पाठकले बताइन्। अन्ततः यस पुस्तक प्रकाशनलाई साहित्य, कला र समाजप्रतिको दायित्वका रूपमा फाइनप्रिन्टले ग्रहण गरेको उनको भनाइ छ। 

नेपालको सन्दर्भमा ‘एलजिबिटिआइक्यू’ समुदायका लागि बनाइएको यो पहिलो कलरिङ बुक हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर