नेभिगेसन मेनु

सनफ्रान्सिस्कोमा नेपाल सम्वत् ११४३ मनाइयो
सम्पादक:南亚网络电视
समय:2022-11-02 12:35
 
क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा रहेका नेपालीले नेपाल सम्वत् ११४३ झि न्यूदया भिन्तुनाको उपलक्ष्यमा गत शुक्रबार सांस्कृतिक कार्यक्रमको आयोजना गरि भव्य रुपले मनाएका छन् ।
समाजसेवी तथा व्यवसायीद्वय नारायण सोमनामी र चिनीकाजी श्रेष्ठको संयुक्त प्रमुख आतिथ्यमा सम्पन्न सांस्कृतिक कार्यक्रममा सहभागीहरुले नेपाल सम्वत् नेपाली मात्रको मौलिक सम्वत् भएकाले संसारमा जहाँसुकै रहेका नेपालीले यसको सम्मान गर्नु पर्ने धारणा राखे ।
‘झि न्यूदया भिन्तुनाका नामले मनाइएको यो पहिलो कार्यक्रममा एक सयभन्दा बढी नेपालीको सहभागिता रहेको मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल  पाण्डेले ईनेप्लिजलाई बताए ।
कार्यक्रमका वक्ताहरुले भर्खरै दिवंगत भएका संस्कृतिविद् शताव्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली प्रकट गर्दै नेपालीको पहिचानका लागि एकीकृत ढंगले अघि बढे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली प्रकट हुने धारणा राखेका थिए ।
प्रशान्त मानन्धर र अमृत कर्माचार्यको नेतृत्वमा कार्यक्रमको आयोजना गरिएको थियो  ।
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर