नेभिगेसन मेनु

पोखरामा भाइटीका महोत्सव हुने
सम्पादक:南亚网络电视
समय:2022-10-16 12:44

tihar-bhaitika-tika-saptarangi_3OuYl5kLUF

होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५ औँ संस्करणको भाइटीका महोत्सव २०७९ आयोजना गर्ने भएको छ । लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव आयोजना गरिने भएको छ ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड–१९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन पुनरुत्थानमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे।

महोत्सवका संयोजक एवं सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठका अनुसार कोभिडकै कारण अघिल्ला दुई वर्ष गर्न नसकिएको महोत्सव विगत वर्षदेखि पुनः निरन्तरता दिन थालिएको हो । महोत्सवका लागि विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएर समेत आउने अपेक्षा गरिएको उनले बताए ।

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यमबाट पर्यटक आकर्षित गर्न यस प्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय गतिविधिका रुपमा स्थापित भएको सङ्घले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर