नेभिगेसन मेनु

चार धाममध्ये जेठो धाम मुगुको छायाँनाथ तीर्थयात्रा (तस्वीरमा)
समय:2022-08-06 04:18

मुगु । हिन्दू धर्मालम्वीहरुका चारधाम छायानाथ, केदारनाथ, बद्रीनाथ मुक्तिनाथमध्ये जेठो धाम मानिने मुगुकोे छायाँनाथ धाममा मूर्तिपूजा सुरु भएको छ । शुक्रबारबाट रुपमा पूजापाठ गरी छायाँनाथतर्फ मूर्ति लगिएको छ । साथै छायाँनाथमा जनैपुर्णिमा मेला समेत शुरु भएको छ ।

छायाँनाथमा बाह्रै महिना हिउँ पर्ने र अत्याधिक जाडो हुने भएकाले मन्दिरमा बस्न नसकिने हुँदा त्यसको प्रतीकस्वरुप सदरमुकाम गमगढी नजिक रहेको छायाँनाथ रारा नगरपालिकको चैन गाउँमा रहेको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरबाट हरेक वर्षको जनै पुर्णिमाका वेला शिव, पार्वती, गणेश, शेष नाग लगायतका मुर्तिहरु नुहाउनका लागि छायाँनाथमा लग्ने गरेका हुन् ।

मन्दिरका पुजारी अश्विनीकुमार हमालका अनुसार शिवबाट सतीदेवीको अन्तिम अंग पतन भएको यस छायाँनाथको दर्शन गर्न कर्णालीका सबै जिल्ला र सुदूपश्चिमका बाजुरा, अछाम तथा अन्य जिल्ला र भारतबाट समेत तिर्थालुहरु आउने गरेका छन् । जनै पुर्णिमाका वेला छायाँनाथ तीर्थ यात्रा गरिन्छ । साउन शुक्ल प्रतिपदा देखि नै तिर्थालुहरु छायाँनाथ दर्शनका लागि जाने गर्दछन् ।

समुन्द्री सतह देखि ६ हजार मिटरभन्दा बढी उचाइमा रहेको छायाँनाथ मन्दिरमा जनै पूर्णिमाको बिहानसम्म पूजापाठ गर्दै हिन्दू धर्मावलम्बीहरु बस्छन् भने जनै पुणिमाको बेलुका सदरमुकामतर्फ मूर्ति फर्काउने परम्परा रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर