नेभिगेसन मेनु

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोक
समय:2022-01-19 03:20

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोक लगाईएको छ । आजदेखि आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाउने प्रसाशनको आदेश अनुसार पशुपतिमा भक्तजनको प्रवेशमा रोक लगाईएको छ ।

पशुपति क्षेत्र विकास कोषलेसमेत सूचना जारी गर्दै बुधबारदेखि पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जनाएको छ । अर्काे निर्णय नहुन्जेल अव नित्य पूजामात्रै हुनेछ ।

यता गोरखाको मनकामना मन्दिरमापनि आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर