नेभिगेसन मेनु

त्रिवेणीघाटमा मकर स्नान
समय:2022-01-16 04:05

काठमाडौँ — प्रत्येक १२ वर्षमा पनौतीस्थित त्रिवेणीघाटमा लाग्ने मकर मेला शनिबारदेखि सुरु भएको छ । मेला भर्न आएका दर्शनार्थीहरूले बिहानैदेखि त्रिवेणीघाटस्थित कुण्डमा मकर स्नान गरिरहेका छन् ।

सूर्य धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको पहिलो दिन (माघ १) देखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकोले यसलाई मकर मेला भनिएको हो ।कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी एक स्थानमा २५ जना गरी १ पटकमा करिब ४ सय जनाले नुहाउने व्यवस्था मिलाएको पनौती नगरप्रमुख भीम न्यौपानेले दाबी गरे ।

मेलाको रुपमा सञ्चालन नगर्ने निर्णय जिल्ला कोभिड संकट व्यवस्थापन समिति र पनौती नगरपालिकाले गरेको छ । दुवै संस्थाले जारी गरेको सूचनामा २५ जना भन्दा कम तथा भीडभाड नहुने गरी स्वास्थ्यसम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न भनिएको छ ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि २५ जनाभन्दा बढी भेला भएर कार्यक्रम गर्न सरकारले रोक लगाएको आधारमा मेला, मनोरञ्जनात्मक कार्यक्रमहरू भने रोक लगाएको नगरपालिकाले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर