नेभिगेसन मेनु

राम-सीताबीच विवाह सम्पन्न, आज रामकलेवा हुँदै
समय:2021-12-09 05:48

धनुषा । जनकपुरधाममा भगवान राम र सीताबीच प्रतिकात्मक विवाह सम्पन्न भएको छ । त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको सम्झना बुधबार राति जनकपुरधामस्ति जानकी मन्दिरमा वैदिक परम्पराअनुसार रामसीताको प्रतिकात्मक विवाह सम्पन्न भएको हो ।

विवाह समारोहमा नेपाल तथा भारतका लाखौं श्रद्धालु सहभागी थिए । दिउँसो जानकी मन्दिरबाट जानकीको डोला र राम मन्दिरबाट रामको डोला साधुसन्तको अगुवाइमा झाँकी कीर्तनसहित नगर परिक्रमा गर्दै बाह्रविघा मैदान पुगेर स्वयंम्वर गरिएको थियो । ढोल पिपही, सहनाई, व्यान्ड बाजा र पञ्चेबाजासहित छुटा–छुट्टै निस्केको दुबै डोला बाह्रविघा मैदानमा प्रतिकात्मक राम र सीताबीच स्वयम्वर (मालाफेर) भएको थियो ।

यस अन्तरगत आज बिहीबार रामकलेवा विधि मनाइँदैछ । रामकलेवा विधि पश्चात साताव्यापी विवाह पञ्चमी महोत्सव समापन हुनेछ । भगवान रामको तर्फबाट जन्तीको रुपमा र अन्य स्थानबाट आएका साधुसन्तलाई भोजन गराएर र दक्षिणासहितको बिदाइ गर्नुलाई रामकलेवा भनिन्छ ।

गत शुक्रबारदेखि सुरु भएको रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा हुँदैछ । रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर