नेभिगेसन मेनु

प्रणय कविता : सम्झना
समय:2021-11-27 04:38

ताल्चा लगाऊ मनमा तथापि
भेटिन्छ खोजेपछि खोल्न चाबी।
पर्खाल लाऊ गर बन्द सीमा
के गर्दछ्यौ आउँछु बाडुलीमा?

बन्नेछ वेला बलियो हुलाकी
पुग्नेछ सौगात लिएर बाँकी।
माया, चिनो जे छ पठाइदिन्छु
आफू नआए पनि आइदिन्छु।।

आँखा दुई दैनिक फर्फराए
वा अग्नि बालेपछि भर्भराए।
हो सम्झना सूचक दूत मान्नू
बिर्सेछ होला उसले नठान्नू।।

छाया कहाँ हट्छ हटाउँदैमा
माया कहाँ घट्छ घटाउँदैमा।
बोक्दैन आदर्श न हुन्छ छाडा
टाढा हुँदा प्रेम रहन्छ गाढा।।

फर्केर हेरे पनि हुन्छ काफी
साँवा भए ब्याज गरिन्छ दाबी।
साझा लगानी छ हिसाब हुन्छ
यो प्रेममा नित्य निसाफ हुन्छ।।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर