नेभिगेसन मेनु

खालिङ भाषा र संस्कृतिजन्य वृत्तचित्र सार्वजनिक
समय:2021-08-10 04:24

सोलुखुम्बुको किरात खालिङ राई जातिको मुन्धुम केन्द्रित ‘खालिङ वास’ वृत्तचित्र सार्वजनिक गरिएको छ । यसमा समुदायमा विद्यमान खालिङ भाषा, मौलिक भेषभूषा र संस्कार संस्कृति समेटिएका छन् ।

किरात खालिङ राई उत्थान संघले राजधानी आयोजना गरेको समारोहमा संघीय सांसद हेमकुमार राई, माप्य दुधकोसी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, संस्थाकी अध्यक्ष सिताकुमारी खालिङ लगायतले वृत्तचित्र सार्वजनिक गरेका हुन् ।

सोलुखुम्बु जिल्लाको माप्य दुधकोसी गाउँपालिका क्षेत्रमा निर्मित वृत्तचित्रको लेखन गणेशकुमार राई र छायांकन गंगराम राईले गरेका हुन् । सोही अवसरमा खालिङका पुर्खा माप्य र दिक्प्यको छायाँचित्र समेत सार्वजनिक गरिएको थियो ।


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर