नेभिगेसन मेनु

संगीत, नृत्य तथा नाटक विधाका स्रष्टाहरु सम्मानित
समय:2021-07-06 03:52

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७७ सङ्गीत, नाटक तथा नृत्य विधाका छ जना वरिष्ठ स्रष्टा साधकहरुलाई समर्पण गरेको छ।

कोभिड-१९ को महामारीको विषम परिस्थितिका कारण प्रतिष्ठानले मुलुकको तीन स्थानमा कार्यक्रम गरी पुरस्कार वितरण गरेको थियो। प्रज्ञा प्रतिष्ठानको कार्यालयमा आयोजना गरिएको पुरस्कार समर्पण समारोहमा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले ६ जना पुरस्कृत स्रष्टामध्ये लोक सङ्गीत विधामा वरिष्ठ लोक गायिका ज्ञानु राणा र सङ्गीत विधामा वरिष्ठ गायक तथा सङ्गीतकार माणिकरत्न स्थापितका तर्फबाट छोरा सुशील स्थापितलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७७ समर्पण गरियो। कार्यक्रममा पुरस्कारका लागि नृत्य विधातर्फ मनोनित वरिष्ठ नृत्याङ्गना बेटी बज्राचार्य अस्वस्थताका कारण उपस्थित हुन सकिनन्।

त्यसैगरी सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय, धनगढी, कैलालीमा एक समारोह आयोजना गरी नाट्य विधातर्फको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७७ वरिष्ठ नाट्यकर्मी धनबहादुर मल्ललाई समर्पण गरिएको छ।
त्यस्तै प्रदेश नं २ का जनकपुरमा आयोजित एक समारोहमा परम्परागत सङ्गीत विधातर्फ वरिष्ठ परम्परागत गायक तथा नर्तक वंशीधर मण्डल बंशी बाबा र रङ्गमञ्च विधातर्फ वरिष्ठ रङ्गकर्मी सुनीलकुमार मिश्रलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७७ समर्पण गरियो। 

उक्त अवसरमा मैथिली रंगमञ्च प्रथम महिला कलाकार विद्या राणा चौधरीलाई ११ हजार नगदसहित सम्मान गरिएको थियो। उक्त समारोहमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले समाजका ऐनाका रुपमा रहेका स्रष्टाहरु सम्मान गर्न प्रदेश सरकारले चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागेको जानकारी गराएका थिए।

पुरस्कृत व्यक्तित्वहरुलाई जनही १ लाख १ रुपैँया र ताम्रपत्रसहित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७७ बाट सम्मान गरिएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर