नेभिगेसन मेनु

साफ यु १९ महिला फुटबलमा नेपाल बङ्गालादेशसँग खेल्दै
सम्पादक:南亚网络电视
समय:2026-02-04 14:18

 

 saff-nepal-team

माछापुच्छ्रे (कास्की), माघ २१ गते । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु १९ महिला फुटबलमा नेपालले आज बुधबार बङ्गालादेशसँग खेल्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा  नेपाल र बङ्गगालादेशको खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

आज नै भारत र भुटानबिच पनि खेल हुँदैछ । भारत र भुटानको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । ४ टोली सहभागी खेलमा बङ्गालादेश २ खेलमा जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा छ । बङ्गालादेशले भुटानलाई १२–० र भातलाई २–० गोलले पराजित गरेको हो । 

नेपालले एकमा हार र एकमा जितसहित ३ अंक, भारत पनि एकमा जित र एकमा हारसहित ३ अंक छ । नेपाल भारतसँग १–० ले पराजित भएको हो भने भुटानलाई २–१ ले पराजित गरेको हो । भारत बङ्गालादेशसँग २–० ले पराजित भएको थियो ।  २ खेलमा हारेको भुटान अंकरहित छ । नेपाल फाइनल जानको लागि आजको खेल जित्नै पर्ने दबाब छ ।

आफ्ना दुई खेलमा जित निकालेको बलियो टिम बंगलादेशलाई हराउन नेपाल कडा परिश्रम गर्नुपर्नेछ । कमजोर मानिएको भुटान २ खेलमा पराजित छ । ४ टोली सहभागी फुटलबलमा सबैले एक अर्कासँग खेल्नुपर्नेछ । साफ फुटबल माघ २४ गतेसम्म चल्नेछ । सिङ्गल राउन्ड रोबिन लिगपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टिमबिच फाइनल हुने प्रावधान छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर