नेभिगेसन मेनु

बाढीका कारण फसेका २०३ जना चीनबाट फर्किए
सम्पादक:南亚网络电视
समय:2025-07-24 11:50


rasuwa

एस् ए टी भी ८ साउन २०८२, काठमाण्डौंः रसुवामा आएको बाढीका कारण चीनतर्फ नै फसेका २०३ जना नेपालीहरू फर्किएका छन्।

बुधबार २०३ जना नेपालीहरू चीनको केरूङ हुँदै तातोपानी नाकामा आइपुगेका हुन्।

चिनियाँ पक्षले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। 

असार २४ गते रसुवामा आएको बाढीले मितेरी पुल बगाएको थियो। उक्त पुल बगाउँदा चीनतर्फ गएका २०३ जना नेपालीहरू अलपत्र परेका थिए।

त्यसदिनदेखि उनीहरूलाई चिनियाँ पक्षले खाने बस्ने व्यवस्था गरेको थियो।

नेपाल फर्किएका उनीहरूलाई काठमाडौंसम्म पुर्‍याउने व्यवस्था स्थानीय प्रशासनले गरेको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर