नेभिगेसन मेनु

गाउँ-गाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी
सम्पादक:南亚网络电视
समय:2025-06-06 11:54


gau gauma bato

एस् ए टी भी २४ जेठ, काठमाडौंः तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो। तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ।

'पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो,' स्थानीय नन्दकुमार पुनले भने, 'अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ, छिट्टै बजार पुगिन्छ।'

कालोपत्र नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घरभित्रै पस्थ्यो। सुकाएका कपडामा पनि धुलैधुलो हुने अवस्था थियो। अहिले त्यो अवस्था हटेको स्थानीय देवी थापाले बताइन्। 'सुकाएका कपडामा पनि धुलैधुलो हुन्थ्यो, घरै फोहर हुन्थ्यो, अब त सजिलो भयो,' उनले भने। सोही ठाउँको आठ सय मिटर सडक कालोपत्र भएको हो।

त्यसैगरी, तुलसीपुर–१२ कै हरिपौरीमा झनै कम्मरसम्म हिलो हुने समस्या थियो। त्यतिमात्र होइन, वर्षात्मा घरहरू नै डुबानमा पर्ने अवस्था हुन्थ्यो। तर, अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको स्थानीय डिला केसीले बताइन्। 'वर्षातमा घरहरू पनि डुब्ने अवस्था हुन्थ्यो, कम्मरसम्म हिलो हुन्थ्यो,' उनले भनिन्, 'तर अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको छ।' जहाँ साढे तीन सय मिटर सडक कालोपत्र भएको हो।

यी दुवै सडकका लागि रु ८६ लाख बजेट विनियोजन भएको थियो। चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट उक्त काम पूरा गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताए। उनका अनुसार वडाले आवश्यकताका आधारमा नगरस्तरीय बजेटलाई व्यवस्थापन गरेको भन्दै उनले यो ठाउँमा कालोपत्र गरिएको बताए।

'सबै क्षेत्रलाई सन्तुलन मिलाउने गरी हामीले अहिले गाउँगाउँका सडक स्तरवृद्धि तथा कालोपत्र गर्ने काम गरिरहेका छौँ,' उनले भने, 'यसले निकै सहज बनाएको छ।'

यस वर्षमात्र वडामा दर्जन बढी सडक स्तरवृद्धि गरिएको उनले बताए। आवश्यकतानुसार नयाँ ट्रयाक खोल्ने, नाली निर्माण गर्ने, कल्भर्ट हाल्ने, ग्राभेल गर्ने कार्यसमेत गरिएको उनको भनाइ छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर