नेभिगेसन मेनु

मोटरसाइकल दुर्घटना हुँदा इन्जिनियरको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-05-19 13:08


engineer dead

एस् ए टी भी ०५ ज्येष्ठ, काठमाडौंः गुल्मीको रेसुङ्गा नगरपालिका–५ सिमाघाट लप्सीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

सेउघा–सिमाघाट–धुर्कोट सडकको सिमाघाटबाट तम्घास आउँदै गरेको लु ७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दाङका २७ वर्षीय निशान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर सारूले जानकारी दिनुभयो । गडवा गाउँपालिका–३ गोवडिया घर भएका चौधरीले आफै मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ । 

चौधरी इन्द्र एम.के जेभी निर्माण सेवाका इन्जिनियर रहेको प्रहरीले जनाएको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली घटना मुचुल्काको काम गरिरहेको प्रहरी नायव उपरीक्षक सारूले बताउनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर