नेभिगेसन मेनु

९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल
सम्पादक:南亚网络电视
समय:2025-04-21 14:28

export

एस् ए टी भी ०८ वैशाख, काठमाडौँः नेपालमा आयात गरेर आंशिक वा पूर्ण प्रशोधनपश्चात ठूलो मात्रामा निर्यात गरिएको सोयाबिन तेलको कारण नेपालको निर्यात तथ्याङ्कको ग्राफ निकै उकालो लागेको देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालबाट एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको  सोही अवधिमा नेपालबाट एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख सात हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

समीक्षा अवधिमा नेपालबाट भएको कुल निर्यातमा सोयाबिन तेल तथा कच्चा पदार्थको हिस्सा मात्रै ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको रहेको छ । साथै सो अवधिमा नौ अर्ब २३ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल तथा त्यसको कच्चा पदार्थ निर्यात भएको छ ।

यस अवधिमा नेपालमा ६६ अर्ब ५ करोड ६५ लाख ५३ हजार रुपैयाँको सोयाबिन तेल र सो सम्बन्धित कच्चा पदार्थ आयात भएको थियो भने २२ अर्ब ६४ करोड ६१ लाख नौ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर