नेभिगेसन मेनु

ठेकदारको वदमासीः बाली हुर्किसक्यो किसानले मल पाएनन्
सम्पादक:南亚网络电视
समय:2025-03-27 12:40

fertilizer

एस् ए टी भी १४ चैत्र, काठमाडौँः ठेकदारको बदमासीले गर्दा मोरङका किसानहरू बाली हुर्किसक्दा पनि मल पाउन सकेका छैनन् । सरकारले टेन्डर मार्फत माग गरेको रासायनिक मल ठेकदारले समयमा भित्राउन नसक्दा मलको चरम अभाव भएको छ भने उता बाली हुर्किसकेकाले उत्पादनमा गिरावट आउने भएकाले किसान मारमा परेका छन् । 

समयमै बालीमा मल लगाउन नसक्दा उत्पादन नहुने भएकाले सरकारले ठेकेदारलाई मल ल्याउनुमा कडाइ नगरेको किसानहरूको आरोप छ । बदमासी गर्ने ठेकेदारलाई जहिल्यै संरक्षण गर्दा किसानले उत्पादन गर्न नसक्नु र भारतका अन्नसँग महँगोमा खरिद गरी निर्भर हुनु पर्ने बाध्यता यो वर्ष समेत उस्तै हुने भएको छ । 

कृषि सामग्री कम्पनी ली. विराटनगरका  कार्यालय प्रमुख नरेश सापकोटाका अनुसार गत वर्ष २०८०-०८१ मा कृषि सामग्री ली. ले कोशी प्रदेशमा १३ हजार ३४२ मेट्रिक टन युरिया, आठ हजार ९२ मेट्रिक टन डिएपी र आठ सय एक मेट्रिक टन पोटास बिक्री गरेको थियो । 

चालु वर्ष फागुन मसान्तसम्ममा ११ हजार ५२३ मेट्रिक टन युरिया,७५२ मेट्रिक टन डिएपी र पाँच सय ९१ मेट्रिक टन पोटास बिक्री गरिसकेको छ । यो आर्थिक वर्ष समाप्त हुन अझै चार महिना बाँकी छ । उहाँले भन्नुभयो, युरियाको माग दोब्बर बढेको छ । आठ महिनाको अवधिमा नै हामीले युरिया गत वर्ष भन्दा एक सय ८१ मेट्रिक टन बढी बिक्री गरी सकेका छौँ । तर माग पुर्‍याउन नसकेको जनाएको छ ।

चैतको तेस्रो सातासम्ममा साल्ट ट्रेडिङले ५५ हजार र कृषि सामग्रीले ७५ हजार मेट्रिक टन रासायनिक मल ल्याउने छन् । साल्ट ट्रेडिक कम्पनी ली. विराटनगरका प्रमुख राधेश्याम चौधरीका अनुसार कम्पनीले यो वर्ष ७७ हजार ४० बोरा डिएपी, ८५ हजार ९४५ बोरा युरिया र २२ हजार २५२ बोरा पोटास बिक्री गरिसकेको छ।कम्पनीले कोशी प्रदेशका मोरङ,सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम र भोजपुर जिल्लालाई रासायनिक मल बिक्री गर्दै आएको छ । 

थिर बहादुर खत्रीले १ बिगाहा १५ कट्ठामा मकै र गहुँ बाली लगाउनु भएको छ । सिँचाइ गरेर युरिया नलगाएसम्म बालिले जमिन छोड्दैन । मलको गेडो पाइएन । उहाँले भन्नुभयो–बीउ दिन सक्ने सरकार मल दिन सक्दैन । कृषिमा परनिर्भरता कसरी अन्त्य होला ? माग अनुसार मल पठाउन सकेको छैन । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर