नेभिगेसन मेनु

स्प्रिङ सिटी फ्रेण्डशिप पार्क पोखरामा सुचारु 
सम्पादक:南亚网络电视
समय:2024-11-08 18:52

图片_20241108161955

एस ए टी भी, २३ कार्तिक पोखराः हार्ट कनेक्टेड टू युनान पिपुल्स लिभ्लिहूड आयोजना अन्तर्गत पोखरामा स्प्रिङ सिटी फ्रेण्डशिप पार्कको एक समारोहका बिच उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा नेपाल स्थित चिनियाँ दूतावासका महामहिम राजदूत छन् सोङ, नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक, पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख, युनान प्रान्तीय खेलकुद ब्युरोका निर्देशक लगायतको उपस्थिति थियो।

2

पोखरा स्थित बसुन्धरा पार्कको दक्षिण पश्चिम भागमा १६९८.९५ वर्ग मिटर क्षेत्रफल ओगटेको यस पार्क करिब ६० लाख रुपैयाँ लगानीमा बनेको हो । कमलको फूल अवधारणामा बनेको पार्कले नेपाल र चीन बीचको सांस्कृतिक नातालाई परिष्कृत गर्ने प्रयास गरेको छ।

4

सन् २०१३ मा नेपालको पोखरा महानगर र चीनको खुनमिङ सहर एक अर्काका बहिनी सहर भए देखि नै दुवै तर्फ बाट विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको कुरा सर्वविदित रहेको अवस्थामा यस पार्क निर्माण र उद्घाटनले दुई सहर तथा  चीन नेपालको मैत्री सम्बन्धले फड्को मारेको सहभागीहरूले धारणा पेस गरे।

3

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर