नेभिगेसन मेनु

भैरहवामा धेरै उडान गर्ने शर्तमा थाई एयर एसियाको उडान फुकुवा
सम्पादक:南亚网络电视
समय:2024-11-01 11:50

thai-airaia-1024x498

काठमाडौं । काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई थप उडानमा रोक लगाएको थियो ।

थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा चार र काठमाडौंमा तीन उडान गर्ने प्रतिवद्धता जनाएको थियो । सोही अनुसार उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए ।

यो कम्पनीले आगामी १८ नोभेम्बरबाट भैरहवामा उडान थाल्ने बताएको छ । ‘अहिले भैरहवामा यात्रु छैनन् । तर, शून्य यात्रु भए पनि भैरहवामा धेरै उडान राख्ने सर्तमा उसलाई उडानको अनुमति दिइएको छ,’ पाण्डेले भने । नेपालमा यस कम्पनीको उडान व्यवस्थापन गरिरहेको जनरल सेल्स एजेण्टलाई भने प्राधिकरणको कानून अनुसार सचेत गराउने काम भएको उनले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर