नेभिगेसन मेनु

राष्ट्रसंघको महासभा सुरु
सम्पादक:南亚网络电视
समय:2024-09-11 12:38

unlogo

२६ भाद्र, काठमाडौँ — संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा न्युयोर्कमा मंगलबारदेखि सुरु भएको छ । यूएनका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दै महासभा सुरु गरेका हुन् । असोज १२ सम्म चल्ने महासभाको अध्यक्षमा यस पटक क्यामरुनका पूर्वप्रधानमन्त्री फिलेमोन याङ छन् । 

महासभामा उच्चस्तरीय छलफल भने असोज ८ देखि ५ दिनसम्म चल्नेछ । छलफलका विषय विश्वका वर्तमान समस्या, विभिन्न मुलुकबीचको द्वन्द्व र मनमुटाव तथा जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यहरू (एसडीजी) छन् । महासभाकै दौरान यस पटक ‘समिट अफ द फ्युचर’ पनि हुनेछ ।

सम्मेलन असोज ६ र ७ मा यूएनकै मुख्यालयमा हुँदै छ । जर्मनी र नामिबिया उक्त सम्मेलनका सहआयोजक हुन् । महासभामा भाग लिन २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क जाने तयारीमा छन् ।

चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ । उनी ‘समिट अफ द फ्युचर’ मा पनि सहभागी हुनेछन् । समिट अफ द फ्युचर कार्यक्रममै सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि न्युयोर्क पुग्नेछन् । उक्त अवसरमा ओली र मोदीबीच साइडलाइनमा भेटवार्ता गराउन परराष्ट्र मन्त्रालयले पहल गरिरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर