नेभिगेसन मेनु

तेस्रो कलिङ साहित्य महोत्सव आजदेखि
सम्पादक:南亚网络电视
समय:2024-09-07 14:11

calling_mahotsav1

२२ भाद्र २०८१,काठमाडौँ । कलिङ साहित्य महोत्सवको तेस्रो संस्करण शनिबारदेखि सुरू भएको छ ।

ललितपुरको होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सवको उद्घाटन भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव, प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, लेखक भुवन ढुंगाना लगायतले गरे ।

महोत्सव सस्थापक रश्मी रञ्जन परिदाले यो महोत्सव नेपाल र भारतबीचको सांस्कृतिक आदानप्रदान गर्ने साझा थलो भएको बताए । यी दुई मुलुकबीचको सम्बन्ध कुन समयदेखि सुरु भयो भन्ने छुट्याउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको बताए ।

धेरै चुनौतिलाई पार गरेर महोत्सव आयोजना गर्न पाउँदा खुसी लागेको महोत्सव संस्थापक तथा निर्देशक रञ्जना निरौलाले बताइन् । ‘आज हामी देश विदेशका विभिन्न ठाउँबाट साहित्यप्रति एकजुट हुँदै साहित्य महोत्सव बनाउन भेला भएका छौं । यो महोत्सव सर्जकहरुको मात्र भेला नभई विचार, अभिव्यक्ति र अनुभूति, मार्गदर्शन, मनोरञ्जन र ज्ञानको जीवन्त संगम हो,’ उनले भनिन् ।

महोत्सवको उद्देश्य नेपालको भाषा, साहित्य र कलालाई अन्तर्राष्ट्रिकरण गर्नु रहेको उनको भनाई छ ।

प्रज्ञा प्रतिष्ठानका कुलपति राईले महोत्सवले सांस्कृतिक अन्तक्रियाको माध्यमबाट देशविदेशमा रहेका मानिसलाई जोड्ने बताए । उनले भने, ‘यो फेस्टिभल सम्पूर्ण सांस्कृतिक गतिविधि र अन्तक्रियाले मानवसहित संसारलाई जोड्ने कसरतको आयाम हो ।’

महोत्सले दक्षिण एसियाली मुलुकलाई जोडेको उनले बताए । ‘सांस्कृतिक आदानप्रदानले नै सुदूरका मान्छेलाई जोड्छ’ उनले भने । डेप्युटी चिफ अफ मिसन श्रीवास्तवले पनि नेपाल र भारतबीचको सम्बन्धलाई मजबुत बनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

काठमाडौँ-कलिङ साहित्य महोत्सव प्रज्ञा प्रतिष्ठान र भारतको कलिङ साहित्य महोत्सवको आयोजनामा भएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर