नेभिगेसन मेनु

तनहुँको छाब्दीवाराही मन्दिर पुनर्निर्माण सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-08-25 12:10

Chhabdi-mandir-puna-nirman-photo-1

तनहुँ– तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । ७० लाख रुपैयाँको लागतमा मन्दिरको पुनर्निर्माण भएको हो । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए ।

एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ ।

मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले २४ लाख सहयोग गरेको छ भने कोषले ४६ लाख लगानी गरेको छ । छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेको जनविश्वास छ ।

मन्दिर बाहिर खोलामा हजारौँ माछा छन् । मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् । यहाँ साउन, एकादशी र औँसी बाहेकका दिन हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ ।

छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दी वाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मत्स्यगन्धाको मूर्ति छ ।

यो मन्दिर दमौली बजारबाट सात किलोमिटर टाढा छ । मन्दिरमा पूजाअर्चनाका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर