नेभिगेसन मेनु

नेपालगन्जबाट ३४ तोला सुन र १० किलो चाँदी बरामद
सम्पादक:南亚网络电视
समय:2024-08-27 19:06

gold and silver

नेपालगन्ज — जिल्ला प्रहरी कार्यालय, बाँकेले नेपालगन्जबाट ३४ तोला भन्दा बढी अवैध सुन बरामद गरेको छ । नेपालगन्जको सुनारमन्डीबाट १० किलो चाँदीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

सुनका गहना बनाउने गहना कारखानाबाट सो सुन बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा गएको प्रहरीको टोलीले सोमबार मध्याह्न नै सो परिमाणको सुनचाँदी बरामद गरेको बाँके प्रहरीका डीएसपी नारायण डाँगीले बताए ।

प्रहरीका अनुसार सुन चाँदी सँगै ४ जना र एउटा गाडी पनि नियन्त्रणमा लिइएको छ । बरामद सामग्रीको मूल्य, गुणस्तर र वैधताको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर