नेभिगेसन मेनु

धादिङमा बस र माइक्रो ठोक्किंदा ८ जना घाइते
सम्पादक:南亚网络电视
समय:2024-08-27 15:56

accident_6KM08x8FJH_wUzJC7GgBU

धादिङ : कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै बस र इभी माइक्रोबस ठोक्किंदा ८ जना घाइते भएका छन् ।

धादिङबाट काठमाडौंका लागि छुटेको ना ७ ख २१९८ नम्बरको बस र काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बागमती प्रदेश-००१ ज ०४२९ नम्बरको इभी माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको धादिङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

दुर्घटनामा माइक्रोबसमा सवार १५ जनामध्ये ८ जना यात्रु घाइते भएका हुन् । घाइते माइक्रोबसका १ जना यात्रुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको मिश्रले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर