नेभिगेसन मेनु

ओमानका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने
सम्पादक:南亚网络电视
समय:2024-08-27 12:39

Oman-bidesh-mantri-Baisidi1

काठमाडौं– ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दैछन् ।

परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणमा हिजो काठमाडौं आइपुगेका विदेशमन्त्री हमाले दिउँसो १ बजे प्रधानमन्त्री ओली र ३ बजे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि बिहान ११ बजे होटल सोल्टीमा दुई देशका समकक्षीबीच छलफल हुनेछ ।

नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने तथा श्रम सम्झौताका विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री हमाद आजै साँझ ओमान फर्किने कार्यक्रम रहेको छ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर