नेभिगेसन मेनु

गीत विवादित भएपछि शान्तिश्रीले मागिन् माफी
सम्पादक:南亚网络电视
समय:2024-08-01 17:36

1722424954_shantish

आफ्नो पछिल्लो तीज गीत ‘बिस्ताराले पोल्यो’लाई लिएर धेरै आलोचना र विरोध भएपछि गायिका शान्तिश्री परियारले दर्शक-श्रोतासँग माफी मागेकी छन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेकी उनले संस्था र दर्शक दुवैको हितविपरीत रहेको भन्दै विज्ञप्ति जारी गर्दै माफी मागेकी हुन्।

आगामी दिनमा शब्द छनोट गरी गाउने वाचा गर्दै उनले अब हिंड्दा ख्याल गरेर हिंड्ने बताएकी छिन्।

शान्तिश्रीले भनेकी छिन्, ‘कहिलेकाहीं सधैं हिँडिरहेको बाटोमा पनि ठेस लाग्दो रहेछ। त्यहाँबाट लागेको थोरै चोट, जुन चोटले आफूसँगै आफ्ना र आफ्ना शुभचिन्तकलाई धेरै दुख्ने रहेछ। त्यसैले अब हिंड्दा अलि ख्याल गरेर हिंड्नेछु।’

साउन ११ मा युट्युबमा रिलिज भएको तीज गीत ‘बिस्ताराले पोल्यो’मा शान्तिश्री र हरि गिरी ‘विमर्शी’को स्वर छ। गिरीकै संगीत रहेको गीत अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर