नेभिगेसन मेनु

चक्रपथ दोस्रो खण्ड विस्तार गर्न चीनसँग सम्झौता
सम्पादक:南亚网络电视
समय:2024-08-23 11:01

bishnu-poudel-6

काठमाडौं । सरकारले चक्रपथको कलंकी–महारागञ्ज खण्डको ८.२ किलोमिटर सडक विस्तार गर्न चीनसँग सम्झौता गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपालका तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरे ।

चक्रपथको दोस्रो खण्डको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गरी निर्माण गर्न चिनियाँ पक्षसँग सम्झौता भएको अर्थ मन्त्रालयका सहसचिव तथा अन्तराष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखा प्रमुख धनीराम शर्माले बताए ।

दोस्रो चरणमा कलंकीदेखि चाबहिल खण्ड विस्तारको योजना भए पनि महाराजगञ्जमा जग्गा प्राप्तिमा समस्या भएपछि बसुन्धरा पुलसम्म मात्रै यो खण्ड विस्तार गर्ने योजना छ ।

तर, पाँच वर्षअघि २०७५ मा यस सम्बन्धी सम्झौता दुई देशबीच भए पनि हालसम्म पनि यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बन्न सकेको छैन । अब भने डीपीआर तयार गरेर सडक विस्तार सुरु गर्न चिनियाँ पक्षसँग सम्झौता भएको सहसचिव शर्माले बताए ।

आयोजना निर्माणमा साइट क्लियरेन्स गर्ने र ठेक्का लागिसकेपछि परियोजना कार्यान्वयन गर्ने जिम्मेवारी मात्रै नेपालको हो । डीपीआर बनाउनेदेखि ठेक्का लगाउनेसम्मको जिम्मा चीनले गर्ने छ ।

चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो ।

काठमाडौं चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक विस्तार हुनेछ । यसअघि चक्रपथको कोटेश्वरदेखि कलंकी खण्ड विस्तार भइसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर