नेभिगेसन मेनु

नारायणी नदीमा थप दुईजनाको शव फेला
सम्पादक:南亚网络电视
समय:2024-07-14 13:33

sub32024-07-14-11-02-41

नारायणी नदीमा आज थप दुईजनाको शव फेला परेको छ । नवलपुरको गैँडाकोट- ७ गैरी स्थित नारायणी नदीको बीचटापुमा एकजनाको र चितवनको राप्ती र नारायणी नदीको दोभान गोलालघाटमा एकजनाको गरी दुईजनाको शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएकाे छ । 

फेला परेका दुवै शव त्रिशूलीमा खसेका बसमा सवार यात्रुको भएको हुन सक्ने आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार बालुवाले पुरी ढाड मात्र देखिएको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ ।

शवको मुचुल्का तयार पार्ने काम भइरहेको प्रहरीले जनाएको छ । यता, चितवनको राप्ती र नारायणी नदीको दोभान गोलालघाटमा पनि एकजनाको शव भेटिएको छ। 

यसअघि हिजो गोलालघाटमा एकजना र गैँडाकोट-७ गैरीमा दुईजनाको शव फेला परेको थियो । उनीहरू तीनैजना त्रिशूलीमा खसेका बसमा सवार यात्रुहरू रहेको पुष्टि भइसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर