नेभिगेसन मेनु

त्रिशूलीमा बेपत्ताकाे खोजीमा बिहानैदेखि जुटे गोताखोर सहितको टोली
सम्पादक:南亚网络电视
समय:2024-07-13 11:27

fgjhsdfgn

नारायणगढ असार २९ गते । त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य आज पनि जारी रहेको  छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली सहित नेपाली  सेना, नेपाल प्रहरीले दुर्घटना भएको दोस्रो पनि खोजी कार्य जारी राखेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालले बसको लोकेसन अनुमान गर्न सकिने बताउनुभयो । “हिजो (शुक्रवार) साँझ रातिमा रोकिएको  उद्धारको काम आज (शनिवार) बिहानैबाट सुरु हुँदै छ । वीरगन्जबाट आएको एन्जल गाडीको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएकाले सो बसको लोकेसन त्यही हो की भन्ने अनुमान गर्न सकिन्छ । आज यसको प्रमाणिकरण हुने छ”, उहाँले भन्नुभयो । 

गाडीको पर्दा र ट्याग सुट सहितका यात्रुका केही समान छरपस्ट रूपमा शुक्रवार नै त्रिशूली किनारमा भेटिएका थिए । गोताखोर टोलीले पानी भित्र र बाहिर खोज कार्य जारी राखेको छ । हराएका बस र यात्रुको खोजेकालागि आवश्यक जस्तो सुकै अत्याधुनिक उपकरणहरू पनि आवश्यकता अनुसार प्रयोगमा ल्याउने रणनीति जिल्ला सुरक्षा समितिले लिएको छ । 

“खोजी कार्यमा हामी कुनै कुराको अभाव हुन दिँदैनौ”, प्रनाउ रिमालले भन्नुभयो । अविरल वर्षाका कारण  नारायणगढ–मुग्लिङ सडकको सिमल तालमा शुक्रवार बिहान  पहिरो जाँदा ६२ जना यात्रु सहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेको हो । पहिरोसँगै झरेको ढुङ्गा तेस्रो  बसमा पर्दा एक चालकको मृत्यु भएको छ । त्रिशुलीमा हराई रहेका बसका तीन यात्रु भने पौडिएर बाहिर निस्किएका थिए ।  काठमाडौँबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ख २४९५ नम्बरको गणपति डिलक्स बस र बिरगंञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३—००६ख— १५१६ नम्बरको एन्जल्स डिलर्स बस त्रिसूलीमा खसेको हो । 

गौर काठमाडाैँको बसमा ४१ जना र वीरगन्ज काठमाडाैँको बसमा २४ जना सवार थिए । सवार मध्ये तीन जना नदीमा पौडिएर निस्किए पनि अन्यको अवस्था अहिले सम्म अज्ञात रहेको प्रहरीले छ । नदीमा पौडी खेलेर बाच्न सफल भएका रौतहटका नन्दन दास, रौतहट गरुडा — ९ जुगेश्वर राययादव र रौतहट सरोज गुप्ता रहेका छन् ।  

अहिले नदीमा बेपत्ता भएकाका परिवार पनि नदीमा खोजी कार्यका लागि सुरक्षाकर्मीहरूलाई सहयोग गरी रहेका छन् । कतिपय वेपत्ताका परिवार अहिले घटना स्थलमा आई पुगेका छन् । दुर्घटनामा परेर पनि बाच्न सफल भएका यात्रु नन्दन दास बसमा आफ्ना अन्य परिवार पनि  रहेका बताउनुहुन्छ । 

“ बस पल्टिएर वल्टन खाँदै खादै त्रिशूलीमा खसेको हो । दुर्घटनामा म त भाग्यले बचे अरूलाई बचाउन  सकिएन”, उहाँले भन्नुभयो । 

नदीमा पौडिएरै बाच्न सफल जुगेश्वर राययादव पनि अहिले उद्धार कार्यमै भेटिनुभयो । सामान्य घाइते अवस्थामा उपचार पछि उहाँ आफ्ना हराइ रहेका परिवारको खोजीमा आउनु भएको हो । 

“जेठी छोरी, नातिनी, नाति, छोरा हराइ रहेका छन् । हामी छ दिन अघि  उपचार गराउन काठमाडौँ आएका थियौँ”, उहाँले भन्नुभयो । 

दुई वर्षमा ११ सवारी साधन पहिरोमा पुरियो

नारायणगढ मुग्लिङ सडकमा पहिरोको जोखिम यो पहिलो हैन । यस अघि पनि  पटक पटक पहिरोले समस्या पारि रहेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय  चितवनका हवलदार घनश्याम चौधरीका अनुसार नारायणगढ मुग्लिङ सडकमा विगत दुई वर्षमा पहिरामा परी  ११ वटा सवारी साधनमा क्षति पुगेको छ । दुई वर्षको अवधिमा शुक्रवार भएको घटना सहित नदीमा सवारी साधन पहिरोमा पुरिएर एकको मृत्यु, ६२ जना बेपत्ता र ६ जना घाइते भएको तथ्याङ्क ट्राफिक प्रहरी कार्यालयमा छ ।  

यस्तै दुई वर्षकै अवधिमा यस अघि ७ सवारी साधन त्रिशूलीमा नदीमा खस्दा ७ जनाको मृत्यु भएको तथ्याङ्क पनि ट्राफिक प्रहरीसँग छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर