नेभिगेसन मेनु

गणपति डिलक्सबाट हाम फालेर बाँचेका ३ जना मध्ये एक जना डिस्चार्ज
सम्पादक:南亚网络电视
समय:2024-07-12 15:46

pajiro3_w43zATC5Ss

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेको गणपति डिलक्सबाट ३ जना यात्रु हाम फालेका छन् ।  काठमाडौँबाट गौर जाँदै गर्दा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खसेपछि हाम फालेर नदLबाट बाहिर आएको उनीहरूले प्रहरीलाई बताएका छन् ।

हाम फालेर त्रिशूलीबाट निस्कनेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपलिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता छन् ।

दुर्घटनामा घाइते भएका उनिहरु मध्येका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । उनी अहिले भरतपुर विमानस्थल नजिक आफन्तको बसेका छन् ।

नन्द दास र जोगेश्वर राय यादवको चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर