नेभिगेसन मेनु

प्रधानमन्त्री आज ४ बजे बालुवाटार छाडेर खुमल्टार सर्ने
सम्पादक:南亚网络电视
समय:2024-07-12 13:28

sws_TjCFXQvpCX

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारी निवास बालुवाटार छाड्ने हुनुभएको छ । स्रोतका अनुसार उहाँले दिउँसो ४ बजे बालुवाटारबाट निस्कने बताइसक्नुभएको छ ।

प्रधानमन्त्रीले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाली काँग्रेस र एमालेले गत सता नयाँ समीकरण बनाउने सहमति गरेपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीलाई आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० सांसदले मात्रै विश्वासको मत दिने अवस्था बनेको छ । उहाँको विपक्षमा दुई तिहाई बढी मत हुने भएकाले आजै अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्ने काँग्रेस एमालेका नेताहरुले बताएका छन् ।

विश्वासको मत नपाएपछि स्वतः पदमुक्त हुने भएकाले प्रधानमन्त्रीले सरकारी निवास छाड्न लाग्नुभएको हो । उहाँले आफू पदमुक्त भएपछि संविधानको धारा ७६ (३) को नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्दै आउनुभएको थियो । तर प्रधानमन्त्रीले आजै निवास सर्ने निर्णय गर्नुलाई नयाँ सरकार गठनको प्रक्रिया धारा ७६ (२) बाटै हुने आकलनको रुपमा लिइएको छ ।

प्रधानमन्त्री दाहाल बालुवाटारबाट उहाँको खुमलटारस्थित पहिलेको निवास सर्ने माओवादीले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर