नेभिगेसन मेनु

त्रिशुलीमा खसेका दुबै बसको खोजी कार्य जारी (अपडेट)
सम्पादक:南亚网络电视
समय:2024-07-12 11:43

1720753208_trishuli-1200x560

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता भएको दुईवटा यात्रुबाहक बसको खोजी कार्य सुरु भएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बेपत्ता भएको दुबै बसको खोजी कार्यका लागि गोताखोरसहितको टोली परिचालन गरिएको बताए।

उनका अनुसार आज बिहान ३ः३० बजेतिर दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए।

काठमाडौँबाट रौतहटको गौर तर्फ जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको उनले बताए।

गौर जाँदै गरेको बसमा ४२ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना यात्रु सवार भएको हुन सक्ने अनुमान गरिएको छ। घटनामा केही यात्रुले भने झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर