नेभिगेसन मेनु

ओझेलमा कालिकोटकाे पचाल झरना
सम्पादक:南亚网络电视
समय:2024-05-05 16:06

pachal-jharna

कालिकोट, वैशाख २३ गते । कालीकोट जिल्लाको पचाल झरना गाउँपालिका-३ खाद्रुमा रहेको नेपालकै अग्लो झरना गुमनाम अवस्थामा छ । पचाल झरना नामले नामकरण गरिएको यो झरनासम्म पुग्न सहज पूर्वाधार विकास नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको कमीले यो झरना ओझेलमा परेको हाे ।

भौगोलिक विकटतासँगै पूर्वाधार अभावले झरना हेर्न आउन चाहने पर्यटक यहाँ पुग्न सक्दैनन् । यहाँ पुग्न खोज्ने पर्यटकको सङ्ख्या शून्य छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने अनगिन्ती प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएपनि यो झरना हालसम्म पर्यटकीय गन्तव्यको रूपमा विकास हुन सकेकाे छैन ।

सरकारले सुरु गरेको ‘नेपाल भ्रमण वर्ष २०२० मा कालिकोटको पचाल झरना पर्यटकको आकर्षक केन्द्रका रूपमा उल्लेख छ । जिल्लाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा लिएको पचाल झरना तीन सय ८१ मिटर अग्लो छ । यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुम जिल्लामा रहेको ह्याप्तुङ झरना तीन सय ६५ मिटर उचाइको छ । ह्याप्तुङ झरनाभन्दा पचाल झरना १६ मिटर अग्लो छ । तत्कालीन जिल्ला विकास समिति, पचाल झरना गाउँपालिका, सरकारी तथा गैरसरकारी निकायले २०७४ सालमा यो झरनाको लम्बाइ नापेर सार्वजनिक गरेका हुन् । 

विसं २०८० असोज २ गते नापी विभागले झरनाको नापजाँच गरेपनि तर नापजाँचको विवरण भने सार्वजनिक गरेको छैन । तीन सय ८१ मिटर अग्लो रहेको पचाल झरना सङ्घीय सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यको ६४ औं स्थानमा र कर्णाली प्रदेश सरकारले तय गरेका ४० पर्यटकीय गन्तव्यको सूचीमा समेत यो झरना उल्लेख गरिएको छ । यो झरनाबाट खसेको पानी करिब १० किलोमिटर ओरोलो बगेर कर्णाली नदीमा मिसिएको छ । प्राकृतिक मनोरम सौन्दर्यले भरिपूर्ण यो झरना भ्रमणका लागि निकै आकर्षक देखिन्छ ।  

पचाल झरना गाउँपालिका अध्यक्ष देवराज शाहिले झरना अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक बास बस्नलाई प्रदेश सरकारको चार करोडको लागतमा खाद्रुमा होमस्टे, प्रतिक्षालय निर्माण भइरहको बताउनुभयो । उहाँले खाद्रुदेखि झरनासम्मको रेलिङ्ग बाटोको निर्माण कार्य सम्पन्न भइसकेको समेत बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाउँपालिकाले अहिले यो झरनाको संरक्षण, विकास र प्रवर्द्धन गर्नको लागि प्रचारप्रसारमा बढी नै जोड दिएको भए पनि प्रमाणीकरणको लागि पर्यटन मन्त्रालय, नापी विभागमा पठाएका छाैं । अब त्यसको प्रमाणीकरण भ फाइनल रिर्पाट आयो भने मात्रै याेजना बनाएर जाने सोच गरेका छौँ । विभागबाटै प्रमाणीकरण भयो भने पर्यटन प्रवर्द्धनमा केही सहयोग पुग्ने अपेक्षा गरेका छौं ।”

यो झरनाको संरक्षण, विकास र प्रवर्द्धन गर्न सकिए कालिकोट जिल्लाकै पर्यटकहरुको मूख्य आकर्षक गन्तव्य बन्ने निश्चित छ । तर पनि सम्बन्धित सरोकारवाला निकायहरुको बेवास्ता र भौगोलिक विकटताका कारण पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको झरना ओझलमा परेको छ । एसियाकै सबैभन्दा अग्लो झरनाका रुपमा रहको यो झरना आन्तरिक तथा बाह्य पर्यकलाई लोभ्याउने अनगन्ती प्राकृतिक सौन्दर्यले भरिपूर्ण झरना भए पनि हालसम्म पर्यकीय गन्तव्यको रुपमा विकास हुन सकिरहेको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर