नेभिगेसन मेनु

करछलीको ८९ लाख मुल्यको मुस्ताङ गोल्ड रक्सी बरामद
सम्पादक:南亚网络电视
समय:2024-05-14 11:59

sdfghnd

जेठ १ गते । इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले  बिल विजकभन्दा बढी मदिरा लोड गरिएको एउटा ट्रक नियन्त्रणमा लिएको छ । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर चोकबाट सोमबार साँझ मुस्ताङ गोल्ड ब्रान्ड मदिरा बोकेको मालवाहक एउटा ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राज किशोर साहले बिल विजक भन्दा बढी सिल बन्द मदिरा भेटिएपछि सो मदिरासहित ट्रक नियन्त्रणमा लिएको बताउनुभयो । जाँचको क्रममा बाग्मती प्रदेश ०१–००४ क २७२१ नम्बरको ट्रकमा मुस्ताङ गोल्ड ब्रान्डको छ सय कार्टुन मदिरा रहेको र उक्त मदिरा बिल विजक भन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो । 

नियन्त्रणमा लिएको ट्रक र मदिराको अनुमानित ८९ लाख ४६ हजार नौ सय रुपियाँ कायम गरेर थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने प्रहरी निरीक्षक साहले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर