नेभिगेसन मेनु

हुण्डाईका सवारी साधन अबदेखि नेपालमा नै जडान (एसेम्बिलिङ) गरिँदै
सम्पादक:南亚网络电视
समय:2024-05-10 13:42

439203378_3076821805781788_7314833300481244158_n_AXpmL5umyY

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगी–व्यवसायी र लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आर्थिक विकासपछि मात्रै देशलाई समृद्धिको यात्रामा आगाडि बढाउन सकिने उल्लेख गर्नुभयो ।निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढ तुल्याउने धारणा राख्नुभएका प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

‘निजी क्षेत्रको लगानी एवम् राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवद्र्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।’ उहाँले औद्योगिकीकरणपछि आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवम् अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त हुने बताउनुभयो ।

नेपालमा एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउने छन् । आन्तरिक स्रोत एवम् विद्युत खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।

भर्खरै सम्पन्न तेस्रो लगानी सम्मेलनबारे बोल्दै उहाँले सम्मेलनको पूर्वसन्ध्यामा अध्यादेश ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘यसले लगानीका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्दै आन्तरिक एवम् वाह्य लगानीलाई प्रोत्साहित र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’

लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ कारखाना नवलपरासीमा स्थापना गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर