नेभिगेसन मेनु

एक महिनामा एक अर्ब त्रिसट्ठी करोड रकमान्तर
सम्पादक:南亚网络电视
समय:2024-04-15 11:59

Artha-mantralaya-finance-ministry

वैशाख ३ गते  ।  अर्थ मन्त्रालयले विगत एक महिनामा एक अर्ब ६३ करोड रुपियाँ रकमान्तर गरेको छ । त्यस्तै दुई अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ । 

कुल रकमान्तरमध्ये सबैभन्दा बढी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको छ । स्वास्थ्य मन्त्रालयमातहतका सरकारी निकायले ६४ करोड ४१ लाख रुपियाँ रकमान्तर गरेका छन् । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४८ करोड ८६ लाखको रकमान्तर गरेको छ । 

मन्त्रालयका अनुसार २८ वटा स्थानीय तहका लागि पालिका अन्तर्गत निर्माणाधीन आधारभूत अस्पतालको कार्यप्रगति तथा मोबिलाइजेसन भुक्तानीको रकमान्तर गरिएको छ । उक्त शीर्षकमा ४९ करोड २४ लाख ३१ हजार रुपियाँ खर्च भएको छ । 

छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक र भत्ता भुक्तानी गर्न स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि ३२ लाख रुपियाँ रकमान्तर भएको मन्त्रालयले जनाएको छ । यस्तै मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधी उपचार खर्चबापत मासिक पाँच हजार रुपियाँका दरले उपलब्ध गराइने रकम भुक्तानी गर्न १४ करोड ८५ लाख निकासा भएको पनि मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई ऋण लगानी गर्नका लागि औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ऋण लगानी गर्न दुई करोड २४ लाख रुपियाँ उपलब्ध गराएको छ । 

स्थानीय तहबाट खर्च हुने गरी स्वास्थ्य मन्त्रालय अन्तर्गतको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको ५५ करोड ७२ लाख रुपियाँको कार्यक्रम संशोधन गरी रकम पठाइएको पनि मन्त्रालयले छ । कृषि विकास मन्त्रालय अन्तर्गतको पेशु सेवा विभागको आग्रहमा  ४८ करोड बराबरको कार्यक्रम संशोधन भएको छ । 

सहरी विकास मन्त्रालय अन्तर्गतका ४५ करोड ४५ लाख तथा प्रदेश अन्तर्गतका एक करोड ८१ लाखका कार्यक्रम संशोधन भएका छन् । त्यस्तै मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमा सरकारको ऋण लगानी रहने गरी एक अर्ब ६३ करोड १७ लाख रुपियाँ निकासा गरेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर