नेभिगेसन मेनु

चिनियाँ व्यवसायीले माग गरे एक लाख किलो चिया
सम्पादक:南亚网络电视
समय:2024-03-22 18:54

1683013485_chiyabagan-1200x560

काठमाडौं, चैत ९ गते । अनुगमन तथा भ्रमणका लागि नेपाल आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया माग गरेका छन्। चिया बगान र उद्योग भ्रमणपछि उनीहरुले सो बराबरको चिया माग गरेका हुन्।

इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य सङ्घसँगको पहलमा केही दिनअघि चिनियाँ चिया व्यवसायी यहाँ आएका थिए। उनीहरुलाई यहाँ ल्याउनका लागि चिया व्यवसायी चिरन दाहालले समन्वय गरेका थिए। सो अवसरमा चिनियाँ व्यवसायी र यहाँका चिया व्यवसायी तथा किसानबीच चिया खरिद, चीनमा चिया निर्यातको सम्भावनालगायतका विषयमा छलफल भएको दाहालको भनाइ छ।

चिनियाँ व्यवसायीले चियाबारी र उद्योगको समेत स्थलगत अनुगमन गरेका छन्। सो अवसरमा चिनियाँ व्यवसायीले देउमाई र इलाम नगरपालिकाका विभिन्न चिया उद्योग र चिया किसान भेटघाट गरेका थिए।

उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल कृष्णले एक महिनाअघि पाँचजना चिनियाँ व्यवसायीले यहाँ आएर अनुगमन गरेको र अहिले सो परिमाणमा चिया अर्डर गरेको बताए। चियाको पहिलो टिपाइ सुरु हुनै लाग्दा चीनबाट आएका व्यवसायी टोलीले अवलोकनपछि चिया माग गरेपछि नयाँ उत्साह प्राप्त भएको उनको भनाइ छ।

इलाम नगरपालिकाले यसअघिदेखि नै यसका लागि पहल गरिरहेको नगरपालिकाका प्रमुख केदार थापाले बताए। चिनियाँ व्यवसायीहरुले नेपाली चियाको गुणस्तर निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए। नेपालमा उत्पादन भएको चिया ८० प्रतिशत भारतमा निर्यात हुने गरेकोमा अब चीनमा पनि निर्यात हुने आशा पलाएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर