सरकार परिवर्तनको हल्ला चलिरहेको बेला नेकपा एमालेले आजै सरकार परिवर्तन हुने दावी गरेको छ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले केहीबेर अघि आफ्नो सामाजिक सञ्जालमा लेख्दै सरकार परिवर्तन आजै र नयाँ मन्त्री परिषद पनि आजै गठन हुने बताएका छन्। उनले सानो आकारको मन्त्रीमण्डलले आजै सपथग्रहण गर्ने पनि उल्लेख गरेका छन्।
पछिल्लो समय वर्तमान गठबन्धन सरकारबीच मनमुटावको कुरा सुरु भएपछि माओवादी केन्द्र र प्रतिपक्षी नेकपा एमालेबीच सहकार्य हुने सम्भावना बढ्दै जाँदा पाण्डेको यो भनाइ सार्वजनिक भएको हो।