नेभिगेसन मेनु

तथ्यांकका आधारमा मात्रै बोल्न अर्थमन्त्रीको आग्रह
सम्पादक:南亚网络电视
समय:2024-01-07 13:00

mahat2023-06-08-11-34-44

अर्थमन्त्री डा. प्रकाशशरण महतले यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्र अभिव्यक्ति सार्वजनिक गर्न निजी उद्योग व्यवसायीलाई आग्रह गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यथार्थ कुरा ग्रासरुटमा पुग्छ । होइन भने तपाईंहरूले प्राप्त गर्न खोजिरहेको कुराविपरीत परिणाम आउँछ ।’

तथ्यांकलाई एकातिर राखेर नकारात्मक कुरा मात्र गर्दा व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर हुने उनले बताए । उनले भने, ‘उपभोक्ताले माग बढाएन भने उद्योगबाट उत्पादित वस्तुको माग घट्छ । माग घट्यो भने व्यवसाय नबढ्ने भएकाले यथार्थ धरातलमा उभिएर आफ्नो कुरा सम्प्रेषण गर्नुपर्छ ।’ 

अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै छ, जिकिर गर्दै उनले विप्रेषणमा भर परेर अर्थतन्त्र अगाडि बढाउने कुरा गर्नुनहुने बताए । उनले भने, ‘कुनै व्यक्तिलाई विदेश नजान भनेर रोक्न नसकिने भन्दै देशमै दक्ष जनशक्ति अभाव भइरहेको बताए । अर्थमन्त्री महतले निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको बताए । उनले साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने विषयमा कुनै सत्यता नरहेको बताए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर