नेभिगेसन मेनु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद, सुन ल्याउने घले प्रहरी हिरासतमा
सम्पादक:南亚网络电视
समय:2023-12-08 12:56

sun-taskari2023-12-08-08-48-52

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । विमानस्थल भन्सार कार्यालयले बिहीबार राती १४ किलो अबैध सुन सहित घलेलाई नियन्त्रणमा लिएको छ । 

फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट राती ११:४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेको हो । विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराती विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिणामको विस्कुट आकारको सुन बरामद गरेको हो । 

चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखाका मिनबहादुर घलेलाई समेत पक्राउ गरी हाल प्रहरी हिरासतमा राखिएको छ । यस सम्बन्धमा भन्सार कार्यालयले थप अनुसन्धान जारी राखेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर