नेभिगेसन मेनु

प्रधानमन्त्री प्रचण्ड कैलालीमा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-16 16:34

KiranrajBista_Dhangadi_RSS_29_0U3A1415(1)

धनगढी, असोज २९ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आइपुग्नुभएको छ ।

आज (सोमबार) यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता हुन प्रधानमन्त्री प्रचण्ड कैलाली आइपुग्नुभएको हो । प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह धनगढी विमानस्थल पुग्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सुरुमा नेकपा (माओवादी केन्द्र) का प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा लम्कीमा आयोजित श्रद्धाञ्जलि सभामा सहभागी हुने कार्यक्रम छ । त्यसपछि सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन शिलान्यास गर्ने र मध्याह्न १२ बजे गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रेस सेन्टर कैलालीका अध्यक्ष तेजराज भट्टले जानकारी दिनुभयो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड धनगढीमा हुने समाजवादी मोर्चाको कार्यक्रममा सहभागी भएर आजै अपराह्न काठमाडौं फिर्ता हुनुहुने कार्यक्रम छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर