नेभिगेसन मेनु

सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-10 12:55

SudurPaschim-University

धनगढी, असोज २३ गते । इजरायलमा आफ्नो विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । 

विश्वविद्यालयले आफ्ना सम्पूर्ण निकायमा आज शोक बिदा दिएको हो । साथै, शोक सभा पनि आयोजना गर्ने जनाइएको छ । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत ४९ जना विद्यार्थी गत भदौमा इजरायल गएका थिए । असोज २० गते भएको प्यालेस्टाइनको आताङ्कवादी समूह हमासको आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुदूरपश्चिम प्रदेशका मात्रै सात जना रहेका छन् । अन्य विद्यार्थीको उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ । 

१० जना विद्यार्थीको मृत्युले विश्वविद्यालय परिवार मर्माहत भएको सुदूरपश्चिम विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ । यस घट्नाले विश्वविद्यालय परिवारभित्र मात्र नभई सिङ्गो शैक्षिक क्षेत्र एवम् राष्ट्रियस्तरमै अपूरणीय क्षति भएको रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ । विश्वविद्यालयले दिवङ्गत विद्यार्थीको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर