नेभिगेसन मेनु

रोहितको अर्दशतकसँगै, युएइ विरुद्ध नेपालको आत्मविश्वासी जित
सम्पादक:南亚网络电视
समय:2023-10-18 19:12

Rohit-Paudel-raises-bat-after-scoring-his-sixth-ODI-fifty.

काठमाडाै, कार्तिक १ गते । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई ७ विकेटले पराजित गरेको छ ।  यु.ए.ई. ले नेपाललाई जितको लागि १४१ रनको मध्यम लक्ष्य दिएको थियो । नेपालले १८.५ ओवरमा ३ विकेटको नोक्सन गर्दै सानदार जित निकाल्न सफल भएको हो । 

कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा अविजित ९३ रनको साझेदारी गरि नेपाललाई जिताए । कप्तान रोहित पौडेल ५१ र र दीपेन्द्रसिंह ऐरी ३४ रन बनाई अविजित रहे । रोहितले पछिल्ला चार २०-२०अन्तर्राष्ट्रिय खेलमा तेस्रो अर्धशतक बनाएका हुन् । रोहितले ४० बल खेली ५ चौका तथा दीपेन्द्रले २३ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

कुशल भुर्तेल १४ बलमा १४ रन बनाई आउट भएका थिए । दुर्भाग्यपूर्ण रनआउट भएका कुशल मल्लले ९ बलमा २ चौका प्रहार गर्दै ११ रन बनाए । ओपनर आसिफ शेख २७ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाए । यूएईका निलान्श केसवानी र अली नासिरले १–१ विकेट लिए ।

1697600713_UAE_NEPAL-1200x560

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको थियो। युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिनुभएको छ । उहाँले ३८ बलमा एक चौका र चार छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिनुभएका थिए । 

त्यस्तै अलि नासिरले ३२ रन बनाए । उनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाएका थिए । कप्तान मोहम्मद वासिमले १७ जोडे भने आसिफ खानले १५ रन बनाए। नेपालका लागि करण केसीले तीन विकेट लिए भने गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक-एक विकेट लिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर