नेभिगेसन मेनु

दुई सातामा सुनको मूल्य छ हजार घट्यो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-04 17:05

1689784271_Gold-gold-1200x560

काठमाडौँ, असोज १७ गते । बजारमा दुई साताको अवधिमा सुनको मूल्य तोलामा छ हजार चार सय रुपियाँले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य घट्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत असोज २ गते प्रतितोला सुनको मूल्य एक लाख १३ हजार रुपियाँमा रहेकामा मङ्गलबार घटेर एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको छ । असोज महिनादेखि स्थानीय बजारमा लगातार सुनको मूल्य घट्दै गएको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले अमेरिकी फिडरल बैङ्कले ब्याजदर बढाएपछि डलर मजबुत हुँदा सुनको मूल्य घट्दै गएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा समेत मूल्य घट्दै गएको उहाँको भनाइ छ । 

“बैङ्कको ब्याजदर कम हुँदा लगानीकर्ता सुनमा आकर्षित भई सुनको मूल्य बढ्दै गएको थियो,” उहाँले भन्नुभयो, “पछिल्लो समय ब्याजदर बढ्दै गएपछि लगानीकर्ता अन्य क्षेत्रमा लगानी गर्न थालेपछि सुनको मूल्य क्रमिक रूपमा घट्दै गएको देखिन्छ ।” बैङ्कको ब्याजदर बढ्दा सुनको मूल्य बढ्ने र घट्दा मूल्य घट्न सक्ने उहाँको भनाइ छ । डलरको मूल्य मजबुत बन्दा सुन बिक्री गरेर लगानी डलरतिर सरेकाले मूल्य लगातार घट्दै गएको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार डलर मजबुत भएसँगै युरोपका ठुला देशले बैङ्कमा ब्लकमा राखेका सुन बेचेर डलरमा लगानी गर्न थालेको व्यवसायीको भनाइ छ । 

गत एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएको थियो । २०७९ असोज पहिलो साता प्रतितोला ९१ हजार तीन सय रुपियाँमा कारोबार भएको सुनको मूल्य एक वर्षको अवधिमा तोलामा २१ हजार सात सय रुपियाँले बढेको छ । यो वर्ष सबैभन्दा धेरै एक लाख १३ हजार पाँच सय रुपियाँ पुगेको थियो । साउन र भदौ महिनामा लगातार बढ्दै गएको सुनको मूल्य असोज सुरु हुनासाथ क्रमिक रूपमा मूल्य घट्दै गएको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर