नेभिगेसन मेनु

संस्कृति संरक्षणका लागि पञ्चेबाजा हस्तान्तरण
सम्पादक:南亚网络电视
समय:2023-06-25 19:09

ण

कावासोती, असार १० गते । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले दलित समुदायको परम्परागत सिप तथा संस्कृति संरक्षण गर्न पञ्चेबाजा हस्तान्तरण गरेको छ । दलित समुदायले परम्परागत रूपमा बजाउँदै आएको बाजालाई व्यावसायिक बनाउन यस वर्ष तीन वटा समूह बनाएर बाजा हस्तान्तरण गरेको नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

पछिल्लो समय दलित समुदायबाट बाजा बजाउने सिप र पञ्चेबाजाहरू लोप हुन थालेको छ । नगर प्रमुख अधिकारीले भन्नुभयो, “उहाँहरूको सिपको हस्तान्तरण र आयआर्जन जोड्ने गरी हामीले योजना बनाएका थियौँ । त्यही अनुसार बाजाको हस्तान्तरण गरेका हौँ ।” 

पञ्चेबाजा हस्तान्तरण गर्दै नगर प्रमुख अधिकारीले प्राप्त सिपलाई रोजगारीसँग जोड्न अनुरोध गर्नुभयो । “विवाह, व्रतबन्ध, सभा महोत्सवहरूमा पञ्चेबाजाहरूको माग बढ्दो छ । अब तपाईँहरूले पनि सिकेको सिपलाई व्यवहारमा कार्यान्वयन गर्नुहोस् आम्दानीको राम्रो स्रोत बन्छ,” नगर प्रमुख अधिकारीले भन्नुभयो ।

नगरपालिकाबाट बाजा पाएपछि मध्यविन्दु-५ का गङ्गे परियारले खुसी व्यक्त गर्नुभयो । “हामीले पुस्ताले त बाजा बजायौँ अहिलेका बालबच्चाहरूले बजाउनै छाडेका थिए” परियारले भन्नुभयो, “नगरपालिकाले पञ्चेबाजा दियो, अब नयाँ पुस्तालाई पनि सिकाउँछौँ, समूह बनाएर बजा बजाउँछौँ ।”

नगरपालिकाले पञ्चेबाजा हस्तान्तरणसँगै नयाँ पुस्तामा सिप हस्तान्तरणको लागि बाजा बजाउने तालिम समेत सञ्चालन गर्दैछ । नगरपालिकाले यस वर्ष आरन व्यवसाय गर्दै आएका स्थानीय दुई जना दलित परिवारलाई आरन सुधार कार्यक्रम अन्तर्गत आरनको सामाग्री हस्तान्तरण समेत गरेको नगर उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो । 

पञ्चेबाजा हस्तान्तरणपछि बाजा प्राप्त गरेका समूहले बाजा बजाउँदा नगरवासी बाजासँगै नाचगानमा खुसी छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर