नेभिगेसन मेनु

घर भत्किदा एक जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-07-08 12:29

death

डोटी, असार २३ गते । डोटीको दिपायल सिलगढी नगरापालिका –५ गैरामा घर भत्किँदा च्यापिएर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार शनिवार राति घरमा सुतिरहेको समयमा घर भत्किँदा स्थानीय ३० बर्षीया गङ्गा मलासीको ज्यान गएको हो । 

घटनाको बारेमा जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले आइतबार बिहान ५ बजे मृतकको शव भत्किएको घरबाट निकालेका थियो । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर