नेभिगेसन मेनु

पशुपतिनाथको जलहरीको सुन के कति हराएको हो यसबारे सदनमा जानकारी गराइयोस् : देवेन्द्र पौडेल
सम्पादक:南亚网络电视
समय:2023-06-26 16:05

debendra_20230124142903_0HvydS1cZ4 (1)

काठमाडौं :  नेकपा माओवादी केन्द्रका सचिव एवं सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको सुनको जलहरीको विषयमा सत्यतथ्य जानकारी गराउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले पशुपतिनाथ मन्दिर परिसरको गर्भगृहमा राखिएको जलहरीमा प्रयोग भएको सुनको मात्रा र हराएको सुनबारे सदनमा जानकारी गराउन माग गरेका हुन्।

'पशुपतिनाथ मन्दिर परिषरमको गर्भगृहमा राखिएको जलहरीको बारेमा प्रश्न उठेको छ। भएको के हो। पशुपति क्षेत्र विकास कोष,नेपाल प्रहरी सुरक्षा निकाय ,सुन चाँदी व्यवसायी महासंघ,गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भू-गर्भ विभाग र जनप्रनिधिहरूले त्यहाँ सुन खोजेर तौल्दै हुनुहुन्छ भन्ने सुनियो,उनले भने,' सभामुख महोदय, कति सुन हराएको हो, कति सुन बाँकी छ, के सिद्धियो यो कुनै तहकमा ल्याएको सामग्री जोख्ने कुरा होइन।  सदनमा सत्यतथ्य जानकारी गराउन माग गर्न चाहन्छु । सभामुखमार्फत् सम्बन्धित निकायलाई जानकारी गराउन विशेष अनुरोध गर्न चाहन्छु।'

जलहरीको सुन विवादमा आएपछि आइतबार सुनको मात्रा जोखिएको थियो। तर, यसबारे आधिकारिक जानकारी दिइएको छैन। 

पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन विकास कोषले खरिद गरेको थियो । महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख छ। तर पुष्टि हुन सकेको छैन। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसबारे छानबिन गरिहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर