नेभिगेसन मेनु

खोलाको बगरबाटै गुड्छन् गाडी
सम्पादक:南亚网络电视
समय:2023-05-08 12:42

Untitled-1

यो वर्ष अहिलेसम्म खोलामा बाढी नआएकाले सर्लाहीको चुरे भेगमा खोलाको बगरबाटै यातायात सञ्चालन भइरहेका छन्। सडक नपुगेको जिल्लाको उत्तरी चुरे भेगका विकट बस्तीमा हिउँदयामभर खोलाको बगरबाट यातायात सञ्चालन हुन्छन्।

लालबन्दी नगरपालिकाको वडा नं. १४ नारायण खोला, वडा नं. १५ परवानीपुरको माथिल्लो भेग, ईश्वरपुर नगरपालिका वडा नं. १२ पिपदमार र हरिवन नगरपालिका वडा नं. १ को माथिल्लो चुरेबस्तीमा खोलाको बगर हुँदै आवतजावत गर्नुपर्ने बाध्यता छ। 

बस व्यवसायीसमेत रहनुभएका लालबन्दी नगरपालिका–१४, नारायण खोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले यो वर्ष ठुलो खोलामा बाढी नआएकाले जेठ लाग्नैलाग्दा पनि बगरबाट गाडी सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार नारायण खोला क्षेत्रमा गत वर्ष बाढी आएर बगरको बाटो भताभुङ्ग पर्दा वैशाख पहिलो सातादेखि नै यातायात ठप्प भएको थियो। 

यो वर्ष हल्का मात्रै वर्षा भइरहेको र खोलामा बाढीसमेत नआएकाले विकट गाउँका बासिन्दालाई बजारसम्म आउजाउ गर्न सहज भइरहेको वडाध्यक्ष घिसिङले बताउनुभयो। चुरे भेगमा बस, ट्याक्टर, जिपलगायतका सवारीले यात्रु ओसार्ने गरेका छन्। हरिवन बजारबाट सिन्धुलीको क्यानखोलातर्फ दैनिक जिप सञ्चालन भइरहेका छन्। सीमित मात्रामा चल्ने गाडीमा विकट गाउँका स्थानीय बासिन्दा जोखिमपूर्ण किसिमले यात्रा गर्नुपर्ने बाध्यता छ। 

सर्लाहीको लालबन्दी र हरिवन बजारबाट जिल्लाकै चुरेका बस्ती हुँदै सिन्धुलीको मरिण तथा हरिहरपुरगढी गाउँपालिकाको विभिन्न गाउँसम्म गाडी पुग्ने गरेका छन्। ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरका वडाध्यक्ष देवीबहादुर खत्रीले वडाभित्र पर्ने बाँके र कालिञ्जोर खोलाको बगर हुँदै मोटरसाइकल र अन्य सवारी सञ्चालन भइरहेका जानकारी दिनुभयो। 

अहिले गाडी चलेकै मौकामा चुरे भेगका बासिन्दाले नुन, तेल, दाल, चामलजस्ता खाद्यान्न जोहो गरिरहेका छन्। वर्षायाम सुरु भएर भारी वर्षा हुन थालेपछि चुरे भेगमा यातायात ठप्प हुने गर्छ। बर्खामा खोलाबाढी आउन थालेपछि चुरे डाँडामा बस्ने स्थानीय बासिन्दा तल फेदीसम्म बाढीमै हेलिएर आउँछन् र गाडी चल्ने ठाउँबाट गाडी चढेर बजार झर्ने गर्छन्।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर