नेभिगेसन मेनु

धनुषामा ट्रक दुर्घटना तीन जनाको मृत्यु प्रदेश, मधेश, banner-tmp
सम्पादक:南亚网络电视
समय:2023-03-25 14:07

sdadfhb

ढल्केवर, चैत ११ गते । पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ । 

शनिबार बिहान ४ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको  ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ट्रक एक आपसमा ठोक्किएको थियो । 

ठक्करबाट ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनरुवाका २७ वर्षीय सागर चौधरी सोही ट्रकका सहचालक सुनसरी भरौलाका ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक सहचालक मोरङ्गको बेलवारी–८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको छ भने सोही ट्रकका चालक सर्लाहीको बाग्मती–११,का नारायण श्रेष्ठ गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कविन राईले बताउनुभयो । 

ठक्करबाट सख्त घाइते भएका चारै जनालाई ढल्केवरस्थित एक निजी अस्पताल उपचारका लागि भर्ना गरिएको र उपचारको क्रममा तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 

मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घाइते को उपचार सोही अस्पतालमा भइरहेको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर