नेभिगेसन मेनु

शान्ति सेना बोकेर युगान्डा उड्नै लागेको निगमको चार्टर्ड जहाज रोकियो
सम्पादक:南亚网络电视
समय:2023-04-11 13:42

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि युगान्डा जानुपर्ने नेपाली सेनाका ७७ जना सैनिक जहाजमा राखेर सोमबार बेलुकी उड्नै लाग्दा नेपाल वायुसेवा निगमको चार्टर्ड उडान रद्द भएको छ ।  

निगम प्रवक्ता रमेश पौडेलका अनुसार, युगान्डा पस्ने मुलुकको बीचमा पर्ने अर्को अफ्रिकी मुलुक इरिट्रियाले अन्तिम सयममा कूटनैतिक माध्यमबाट आफ्नो मुलुकमाथि उड्ने अनुमति लिन भनेपछि सेनाको डफ्फा अदलीबदली गर्न तयार भएको निगमको चार्टर्ड उडान अन्तिम समयमा रद्द भएको हो । सोमबार काठमाडौंबाट दोहा हुँदै युगान्डा, त्यहाँबाट पुनः दोहा हुँदै मंगलबार काठमाडौं फर्किने तालिका रहेको यो चार्टर्ड उडान २० घण्टाहाराहारीको थियो ।

‘काठमाडौंबाट कतारको राजधानी दोहा, अनि त्यहाँबाट युगान्डा जानुपर्ने थियो,’ निगमको अपरेशन विभागका एक अधिकारीले भने,‘यो उडानमा नेपालदेखि युगान्डासम्मको हवाईमार्गमा पर्ने १० वटा मुलुकको आकाशमाथि उड्नुपर्ने थियो । यीमध्ये इरिट्रियाबाट अन्तिम सयममा उडान अनुमति उपलब्ध नभएकाले सैनिक चार्टर्ड अनिश्चितकालका लागि रद्द गरिएको छ ।’

निगमले यो चार्टर्ड उडान आइतबार राति ११ बजे राखेको थियो । तर, इरिट्रियाले ओभरफ्लाइङ अनुमति नदिएपछि सोमबार दिउसो १ बजे तय गरेको थियो । ‘हवाई मार्गमा पर्ने मुलुकहरूको ओभरफ्लाइङको अनुमति ढिलाइले ४ बजे सरिएको थियो,’ यस उडानबाट दोहा जाँदै गरेका निगमका एक कर्मचारीले भने,‘४ पछि ५ बजे सारियो । ५ बजेसम्म अनुमति नआएकाले उडान रद्द गरियो । बसमा आएका सेनालाई फर्कायौं । जहाजको कार्गो कर्म्पाटमेन्टमा राखिएका उनीहरुका लगेज पनि निकाल्यौं ।’

यो उडानका लागि दोहासम्म जाँदै गरेका निगमका चालक दलसहित १२ जना थिए । त्यहाँबाट यो चार्टर्ड उडानलाई युगान्डासम्म पुर्‍याउन अनि युगान्डाबाट दोहासम्म ल्याउने दुई सेट (चार पाइलट) सहित ६ जना क्याबिन क्रूलाई तीन दिनअघि नै दोहा पठाइएको थियो । उनीहरू त्यहाँको होटलमा बसिरहेका छन् ।

समयमै अनुमतिको काम नसक्दा निगमका चालकदलका १० सदस्य दोहामा अलपत्र परेका छन् भने निगमले सोमबार बिहान नियमित उडानमा पठाउने तयारी गरेको विमान दिनभर नउडेर काठमाडौंमै रहँदा अन्य व्यावसायिक कारोबारमा निगमले घाटा बेहोर्नु परेको छ । सैनिक प्रवक्ता कृष्ण भण्डारीका अनुसार, सोमबार बेलुकी चार्टर्ड उडान रद्द भएपछि बोर्डिङ पास लिइसकेका ७७ सैनिकलाई एयरपोर्ट नजिकैका ३ वटा होटलमा राखिएको छ ।

यो विमानले ७७ जना सैनिकलाई युगान्डा छाडेर काज सकेका ६७ सैनिकलाई दोहा हुँदै नेपाल ल्याउने योजना थियो । प्रवक्ता पौडेलले मंगलबार सेनासँग छलफल गरेर निर्णय गरिने बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर